• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चलचित्र ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

      ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैरदलीय व्यवस्था आवश्यक’

      धर्नारत पीडितहरुलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री 

      बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

      दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

      शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ : अर्थमन्त्री

      ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैरदलीय व्यवस्था आवश्यक’

      धर्नारत पीडितहरुलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री

      मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित

      आर्थिक विधेयकमा देखिएका त्रुटि विधिसम्मत तरिकाले सच्याइएको छ : अर्थमन्त्री

      विराटनगरको एकीकृत बस्ती विपन्नका लागि ऋणको पासो बनेको आरोप

      ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति

      रचनात्मक अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धिउद्योगको विकासका लागि साझा प्रयासको थालनी : सहभागिता बढाउँदै जाने लक्ष्य 

      भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभएको छ : सांसद शाही

      कांग्रेसको मुख्य चुनौती पार्टी एकता र जनाधार पुनस्र्थापना हो : डा.महत

    होमपेज /  खेलकुद

    विश्वकपको उद्घाटन खेलमा आज आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २८, बिहिबार (१३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६६ पटक पढिएको
  • विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिका सँग मेक्सिको सिटीस्थित स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । नेपाली समयअनुसार यो खेल शुक्रबार बिहान करिब १२ः४५ बजे सुरु हुनेछ । यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा ४८ टोली, १०४ खेल र क्यानडा, मेक्सिको तथा संयुक्त राज्य अमेरिकाका १६ शहर आयोजकका रूपमा रहेका छन् । उद्घाटन खेलसँगै एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्व फुटबल महोत्सवको औपचारिक सुरुआत हुनेछ ।

    घरेलु समर्थकमाझ खेल्ने अवसर पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यमा छ । रोचक पक्ष के छ भने, यो खेल सन् २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति जस्तै बनेको छ । दक्षिण अफ्रिकामा भएको त्यस विश्वकपको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले सिफिवे शाबालालाको गोलमार्फत अग्रता लिए पनि मेक्सिकोका कप्तान राफायल मार्केजले बराबरी गोल गर्दै खेल १–१ मा टुंगिएको थियो ।

    यसपटक मार्केज खेलाडीका रूपमा होइन, मेक्सिकोका मुख्य प्रशिक्षक जाभियर अगुइरेका सहायक प्रशिक्षकका रूपमा टोलीसँग छन् । मेक्सिकोका प्रशिक्षक अगुइरेले घरेलु मैदानमा विश्वकप खेल्नु आफ्ना खेलाडीका लागि विशेष प्रेरणाको स्रोत भएको बताएका छन् । उनले आफूले ५० वर्षको फुटबल यात्रामा विश्वकप घरेलु मैदानमा खेल्नुजत्तिको रोमाञ्चक अनुभव नपाएको उल्लेख गर्दै खेलाडीहरू पनि यो अवसरलाई विशेष रूपमा महसुस गरिरहेको बताए । टोली परिवारझैँ एकताबद्ध बनेको र त्यसले उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने उनको विश्वास छ ।

    यता दक्षिण अफ्रिका अफ्रिकी छनोटको समूह ‘सी’ विजेता बनेर विश्वकपमा पुगेको हो । टोलीका प्रशिक्षक हुगो ब्रुस ले मेक्सिको समूहकै बलियो टोली भए पनि आफ्ना खेलाडीले अन्तिम मिनेटसम्म प्रत्येक बलका लागि संघर्ष गर्ने बताएका छन् ।

    दक्षिण अफ्रिकाका मिडफिल्डर टेबोहो मोक्वेना ले उद्घाटन खेलप्रति टोली निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । विश्वकपमा खेल्नु प्रत्येक खेलाडीको सपना भएको भन्दै उनले स्वदेशका समर्थकका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । दक्षिण अफ्रिकाको खेलअघि सुखद खबर पनि पाएको छ । ह्यामस्ट्रिङ चोटबाट पीडित लेफ्ट–ब्याक अउब्रे मोडिबा पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको छ ।

    मेक्सिकोको टोलीबाट रान्गेल, गालार्डो, भास्केज, मोन्टेस, रेयेस, गुटिएरेज, लिरा, फिडाल्गो, किनोनेस, अल्भाराडो र जिमेनेजले खेल्नेछन भने दक्षिण अफ्रिकाको टोलीबाट विलियम्स, मुदाउ, ओकोन, म्बोकाजी, मडिबा, मोक्वेना, सिथोले, माथोहो, मोरेना, फोस्टर र अपोलिसले खेल्ने तालिका तय भएको छ ।

    भरिभराउ रंगशाला, विश्वभरका करोडौं दर्शक र नयाँ इतिहास लेखिने अपेक्षाबीच मेक्सिको सिटीमा आजबाट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको पर्दा उठ्दैछ । मेक्सिकोले घरेलु समर्थकसामु विजयी सुरुआत गर्ने प्रयास गर्नेछ भने दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमै उल्टो नतिजा निकाल्ने लक्ष्य राखेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैरदलीय व्यवस्था आवश्यक’

    दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

    शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ : अर्थमन्त्री

    ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैरदलीय व्यवस्था आवश्यक’

    धर्नारत पीडितहरुलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री

    मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चलचित्र ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

    ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न…

    धर्नारत पीडितहरुलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री 

    बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

    तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट…

    पुनः गृहमन्त्री बनेका सुधन गुरुङद्वारा पदभार ग्रहण

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑