• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • संसदमा श्रम संस्कृतिको विरोध, सभामुखले पेलेर सदन अगाडि बढाए

      यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन : ज्ञानेन्द्र शाही

      प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो : सांसद थापा

      कांग्रेसले भन्योः लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ

      प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री खनाल

      नेपाल पत्रकार महासंघद्वारा विरोध प्रदर्शन

      इप्पान विवादः उपमहासचिव दुलालले अध्यक्ष कार्कीको भूमिकामाथि उठाए प्रश्न

      संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

      जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

      रोनाल्डोको अन्तिम विश्वकप : पोर्चुगललाई समूह चरणमै कोलम्बियाको चुनौती

      विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन मन्त्रालयमै सुत्ने

      सुनचाँदीको मूल्य घट्यो

      शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

      २१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी

      विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

    होमपेज /  समाचार

    शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २७, बुधबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रममध्ये अधिकांश सम्पन्न भएका छन् ।

    मन्त्रालयले मंगलबार ती कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै अधिकांश कार्य सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जनाएको छ ।

    सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा नतिजामुखी बनाउने उद्देश्यले अघि सारिएका सुधार कार्यक्रमहरूलाई तोकिएको समय अगावै कार्यान्वयनमा लगिसक्न सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले निर्देशन दिएका छन् । उनले कार्यान्वयनका क्रममा कुनै समस्या देखिए सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधान गर्नसमेत निर्देशन दिएका छन् ।

    सरकारले नतिजामा आधारित शासकीय व्यवस्थापन लागू गर्ने उद्देश्यसहित प्रत्येक मन्त्रालयलाई प्रमुख १० कार्य पहिचान गरी कार्ययोजना तयार गर्न निर्देशन दिएको थियो । सोअनुसार सञ्चार मन्त्रालयले तोकिएको समयभित्र आफ्नो कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको छ । मन्त्रालयका अनुसार ती कार्यहरूको नियमित प्रगति समीक्षा भइरहेको छ ।

    सेवा प्रवाहलाई सरल, छिटो र परिणाममुखी बनाउने उद्देश्यले बिजनेस प्रोसेस रिइन्जिनियरिङ कार्यक्रमअन्तर्गत गठन गरिएका समितिहरूले आफ्नो प्रारम्भिक काम पूरा गरेका छन् । समितिहरूले मन्त्रालयका विद्यमान प्रक्रिया अध्ययन गरी अनावश्यक चरण हटाउने तथा सेवा सरलीकरणका लागि प्रतिवेदनको मस्यौदा तयार गरेका छन् । सुझाव संकलनको काम पनि सम्पन्न भएको छ भने आवश्यक कानुनी संशोधनको आवश्यकता पहिचान भएमा थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, कर्मचारी प्रशासन सुधारतर्फ पनि मन्त्रालयले उल्लेखनीय प्रगति हासिल गरेको छ । आर्थिक अनियमितता, ढिलासुस्ती र सेवाग्राहीप्रति असहज व्यवहार न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले कर्मचारी आचारसंहिता तयार गरी लागू गरेको छ । सबै कर्मचारीबाट हस्ताक्षरसहित प्रतिबद्धता पत्र संकलन गरिएको छ । यद्यपि कर्मचारीको कार्यसम्पादनलाई नतिजासँग जोड्ने कार्यक्रम अझै पूर्ण हुन सकेको छैन । प्रत्येक पदका लागि वस्तुनिष्ठ कार्यसम्पादन सूचक तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

    त्यस्तै, फ्रन्ट डेस्कमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक विवरण संकलन गरी तालिम आवश्यकताको सूची तयार गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

    डिजिटल प्रशासन र कार्यालय पुनर्संरचनातर्फ पनि मन्त्रालयले उल्लेख्य प्रगति हासिल गरेको छ । यसले भविष्यमा सेवा प्रवाहलाई अझ छरितो, पारदर्शी र ट्र्याकिङयोग्य बनाउने अपेक्षा गरिएको छ ।

    नागरिक गुनासो व्यवस्थापन प्रणालीको क्षेत्रमा पनि मन्त्रालयले संरचनागत कामपूरा गरेको छ । गुनासो व्यवस्थापन समिति गठन गरिएको छ भने फोन, मोबाइल एप, पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्ने बहुच्यानल प्रणाली सञ्चालन गर्ने तयारी भइरहेको छ ।

    सरकारको एक सय दिने कार्यसूचीमा सबैभन्दा महत्वाकांक्षी कार्यक्रमका रूपमा रहेको हुलाक सेवालाई ‘गभर्नमेन्ट कुरियर सर्भिस’ मा रूपान्तरण गर्ने योजना पनि कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । हालसम्म ६२ जिल्लाबाट हुलाकले सरकारी कागजातहरू व्यक्तिको घरसम्म पु¥याउन थालेको छ । बाँकी जिल्लामा पनि केही दिनभित्रै सेवा सुरु हुने हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिएकी छन् ।

    त्यस्तै, डाँक रेखा पुनरावलोकनको काम सम्पन्न भएको छ, जसले सेवा प्रवाहको समय तथा लागत घटाउन सहयोग पुगेको छ । घरदैलो राहदानी सेवा अन्तर्गत ६० हजार ४४६ राहदानी हुलाकमार्फत जिल्लामा ढुवानी गरिएको छ भने ३ हजार ११३ राहदानी सेवाग्राहीको घरसम्म पु¥याइएको छ । ६२ जिल्लामा सेवा विस्तार भइसकेको छ ।

    त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १७ अस्पतालबाट ८३५ वटा स्वास्थ्य परीक्षण नमुना ढुवानी गरिएको छ । यातायात व्यवस्था विभागबाट प्राप्त ५ लाख ५३ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र सम्बन्धित जिल्लामा पठाइएको छ भने चार जिल्लामा घरदैलो वितरणको परीक्षण भइरहेको छ । शैक्षिक प्रमाणपत्र ढुवानी कार्यक्रम पनि सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम भने सम्बन्धित विभागबाट कार्ड उपलब्ध नभएकाले अघि बढ्न सकेको छैन । त्यस्तै, नेपाल टेलिकमको सिमकार्ड वितरण कार्यक्रम पनि सामग्री प्राप्त भएपछि मात्र सञ्चालन हुने जनाइएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    संसदमा श्रम संस्कृतिको विरोध, सभामुखले पेलेर सदन अगाडि बढाए

    यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन : ज्ञानेन्द्र शाही

    प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो : सांसद थापा

    नेपाल पत्रकार महासंघद्वारा विरोध प्रदर्शन

    संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

    जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संसदमा श्रम संस्कृतिको विरोध, सभामुखले पेलेर सदन अगाडि…

    यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको…

    प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु…

    कांग्रेसले भन्योः लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको…

    तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट…

    पुनः गृहमन्त्री बनेका सुधन गुरुङद्वारा पदभार ग्रहण

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑