सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’घोषणा गरेको छ।
डब्लुएचओका अनुसार हालको प्रकोप इबोलाको ‘बुन्डिबुग्यो’ प्रजातिबाट फैलिएको हो, जसका लागि अहिलेसम्म प्रमाणित औषधि वा खोप उपलब्ध छैन।
अधिकारीहरूका अनुसार हालसम्म ८ जनामा संक्रमण पुष्टि, करिब २४६ सम्भावित संक्रमित र ८० जनाको मृत्यु भएको छ। संक्रमण छिमेकी युगान्डासम्म फैलिएको छ, जहाँ २ जनामा इबोला पुष्टि भइसकेको छ।
डब्लुएचओले संक्रमण नियन्त्रणका लागि आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र कडा निगरानी प्रणाली लागू गर्न आग्रह गरेको छ।
साथै, सीमा बन्द वा यात्रा प्रतिबन्ध जस्ता कदम वैज्ञानिक आधारबिना हुने भन्दै त्यस्ता उपाय नअपनाउन चेतावनी दिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा