सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यस अघि निर्धारित केही कार्यक्रमलाई संशोधन गरेको छ ।
बैठकले सबै जिल्ला कमिटीहरूले यही बैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, उपत्यकाको हकमा भने बैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरिने भएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा