सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने विभिन्न संघ–संस्था तथा पसलहरूमा ताला लगाइएको छ। समाज कल्याण परिषद् को टोलीले सोमबार करिब २० वटा कार्यालय र पसलमा तालाबन्दी गरेको हो।
ताला लगाइएका संस्थाहरूमा काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत रहेका छन्। परिषद्का अनुसार पटक–पटक सूचना दिँदा पनि वर्षौँदेखि भाडा नतिरेपछि बाध्य भएर यस्तो कदम चालिएको हो।
भाडा नतिर्ने संस्थाको सूचीमा रिपोर्टर्स क्लब नेपाल समेत परेको छ, जुन ऋषि धमला सँग सम्बन्धित संस्था हो।
तालाबन्दी गर्ने क्रममा परिषद्का कर्मचारी र सम्बन्धित संस्थाका पदाधिकारीबीच केही समय विवाद र चर्काचर्की समेत भएको थियो। सुरक्षाकर्मीको उपस्थितिमा तालाबन्दी गरिएको परिषद्ले जनाएको छ।
परिषद्का अनुसार हाल १० करोड रुपैयाँभन्दा बढी भाडा बक्यौता रहेको छ। ताला लगाइएका संस्थाहरूलाई ७ दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन दिइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा