• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘भातमुखी’ देश नेपाल आयातित चामलमा निर्भर छ, धान उत्पादन बढाउने योजना कमजोर

      गृहमन्त्रीकै गाडीबाट सुरु भयो कालो सिसा हटाउने अभियान, ट्राफिकले सिंहदरबारमै हटायो स्टिकर

      धान दिवसलाई कलाकारले बनाए थप उल्लासमय

      गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

      नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन् नेताहरु मात्रै जीवित छौंः जनार्दन शर्मा

      कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

      सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशुलाई १ ग्राम सुनको औंठी दिने थलापति विजयको घोषणा

      प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल

      बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

      धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र

      वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल

      ‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

      धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

      दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

    होमपेज /  मुख्य समाचार

    विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ चैत्र २०, शुक्रबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५१ पटक पढिएको
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा.हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ।

    मन्त्रालयमा भएको उक्त भेटका क्रममा परराष्ट्रमन्त्री खनाललाई बधाई तथा शुभकामना दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ ।

    अध्यक्ष डा. शर्माले माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

    उनले भने,‘विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदान पु¥याउन सक्ने क्षमता राख्छन् र त्यसका लागि सहजीकरण आवश्यक छ।’ उनले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यन गर्न, र यस सम्बन्धी कानुनी र संवैधानिक पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

    उनले अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्यन गरिनु पर्नेमा जोड दिए । साथै, विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना र कानुनी सहायता प्रणाली निर्माण गर्न आग्रह गरे । अध्यक्ष शर्माले संघको तर्फबाट नेपालको विकास र विदेशमा रहेका नेपालीहरूको हितमा सरकारसँग सहकार्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे ।

    संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले वर्तमान सरकारको सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरूले साथ् र सहकार्य गर्न सक्ने उल्लेख गरे ।

    उनले भने,‘सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नै स्रोतबाट सहज तरिकाले काम गर्न सक्ने भए पनि समृद्ध नेपाल बनाउन ठूला लगानी, ज्ञान,, सिप र प्रबिधि आवश्यक पर्ने भएकाले विदेशमा रहेका नेपाली समुदायको अनुभव, ज्ञान र योगदान अत्यन्तै महत्वपूर्ण छ।’

    ‘विदेशमा रहेका नेपालीहरूले सधैं मनमा नेपाललाई समृद्ध बनाउने सपना बोकेर काम गर्दै आएका छन्। परराष्ट्र मन्त्रालय हाम्रो सम्बन्धित मन्त्रालय भएकाले हामी जिम्मेवारी बुझिसकेका छौं र नेपाललाई समृद्ध बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न आजको भेटमा आएको हौँ,’ अध्यक्ष महतोले भने ।

    उनले ९० देशमा रहेका नेपालीहरूको साझा आवाज र एकतालाई नेपालको विकास अभियानमा जोड्नुपर्नेमा जोड दिए ।
    भेटमा मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्था गत सहकार्यमा जोड दिए ।

    भेटका क्रममा मन्त्री खनालले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त योगदानप्रति आभार व्यक्त गरे ।

    मन्त्री खनालले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डाहरूलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै अब तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । नागरिकता सम्बन्धी विषयमा स्पष्ट रूपमा सकारात्मक रहेको भएपनि केही कानुनी जटिलताका कारण थप अध्ययन र आवश्यक कानुन संशोधनको आवश्यक हुन सक्ने उल्लेख गरे ।

    त्यस्तै, उनले पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिए । प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको उनको भनाइ थियो ।

    विदेशमा रहेका नेपालीलाई सेवा प्रदान गर्ने सन्दर्भमा मन्त्रालयको स्रोत सीमित रहेको स्वीकार गर्दै उनले भेटमा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए। दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहमति भएको जनाइएको छ।

    युरोपियन सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमान्त्रण सोही अवसरमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिले २२–२३ जून २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना गर्न लागेको १७औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनाललाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा गरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘भातमुखी’ देश नेपाल आयातित चामलमा निर्भर छ, धान…

    गृहमन्त्रीकै गाडीबाट सुरु भयो कालो सिसा हटाउने अभियान,…

    धान दिवसलाई कलाकारले बनाए थप उल्लासमय

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑