सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उच्च अदालत ले नेकपा एमाले का सचिव महेश बस्नेत विरुद्ध शोभा पाठक ले दिएको रिट खारेज गरेको छ।
पाठकले बस्नेतविरुद्ध जबरजस्तीकरणको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्।
न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारी को संयुक्त इजलासले पाठकको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय सदर गरेको हो।
पाठकले जिल्ला प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्। अनुसन्धानका क्रममा पर्याप्त प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो।
उक्त निर्णयविरुद्ध पाठक उच्च अदालत पुगेकी थिइन्। तर, उच्च अदालतले पनि रिट खारेज गरेपछि महेश बस्नेतविरुद्ध शोभा पाठकको आरोप कानुनी रूपमा खारेज भएको छ।
यसअघि, उक्त जाहेरीमाथि अनुसन्धान गर्दा पर्याप्त प्रमाण फेला नपरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राख्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध दायर रिट पनि उच्च अदालत पाटनले खारेज गरेको हो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा