सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सर्वोच्च अदालत ले पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का र नेकपा एमाले की लुम्बिनी प्रदेश सांसद रेखा शर्मा लाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेल को इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो।
पूर्वमन्त्री खड्काको हकमा उनकी श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए।
पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए।
त्यस्तै, एमाले सांसद शर्मा नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोपमा पक्राउ परेकी थिइन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा