• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ?

      विश्वकप फुटबलमा चर्चित बन्यो ‘मर्लिन’ हाँस, भिडियो भाइरल

      विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज मगाउने आदेश

      प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

      नेपालीहरूको जीवन करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

      सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई मन्त्रीको निर्देशन

      संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

      सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप

      बढी शुल्क लिनु गैरकानुनी हो, तुरुन्तै पेट्रोल र डिजेलको मूल्य घटाउनू : ट्रम्प

      समयको महत्त्व बुझेर हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ : सञ्चारमन्त्री

      कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

      संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

      मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

      डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

      एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

    होमपेज /  मुख्य समाचार

    गर्भपतनलाई अपराधमुक्त बनाउन र प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न नेपाललाई अन्तर्राष्ट्रिय सुझाब

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ चैत्र ८, आईतबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ९१ पटक पढिएको
  • काठमाडौं । संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को चौथो चक्रअन्तर्गत नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न राष्ट्रहरूले दिएका सुझावहरू कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।

    महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आयोजित सञ्चारकर्मीहरूसँगको कार्यशालामा युपिआर प्रक्रिया र नेपाललाई प्राप्त प्रमुख सिफारिसहरूबारे विस्तृत छलफल गरिएको हो ।

    सन् २०२५ मा नेपाल सरकारले परिषद्मा पेश गरेको प्रतिवेदनमाथि टिप्पणी गर्दै विभिन्न देशले विशेष गरी कानुनी पहिचान, लैङ्गिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा सुधार गर्न सुझाव दिएका छन् । कार्यशालामा अधिवक्ता बिनु लामाले नेपाललाई प्राप्त सुझावहरू कि त कार्यान्वयनगर्ने वा जानकारीमा राख्ने दुईवटा मात्र विकल्प रहेको जानकारी दिइन् ।

    कार्यक्रममा एफडब्लुएलडीकी अधिवक्ता रोजिना श्रेष्ठले नेपाललाई प्राप्त सुझावहरूमध्ये गर्भपतनको निरपराधीकरण र प्रजनन स्वास्थ्य अधिकार प्रमुख रहेको बताइन् । उनका अनुसार फ्रान्स र आइसल्यान्डले सबै परिस्थितिमा गर्भपतनलाई अपराधमुक्त र वैधानिक बनाउन नेपाललाई सुझाव दिएका छन् । त्यस्तै, नर्वेले महिला, किशोरकिशोरी र लैङ्गिक अल्पसङ्ख्यकहरूको सुरक्षित गर्भपतनमा पहुँच सुनिश्चित गर्न जोड दिएको छ ।
    वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले छाउपडी र दाइजो प्रथा जस्ता सामाजिक कुरीति अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्न र अपराधीहरूलाई कडा सजाय दिन विभिन्न देशले सिफारिस गरेको बताइन् ।

    मेक्सिकोले १८ वर्षमुनिका किशोरकिशोरीहरूबीचको सहमतिमा भएको यौन सम्बन्धलाई अपराधमुक्त गर्न र बालविवाह तथा किशोरावस्थाको गर्भावस्था रोक्न बहुक्षेत्रीय समन्वयमा जोड दिन सुझाव दिएको छ । विद्यालयभित्र र बाहिर बृहत् यौनिकता शिक्षाको पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई पनि अन्तर्राष्ट्रिय समुदायले प्राथमिकतामा राखेको छ ।

    आगामी कार्यदिशा र दायित्व

    नेपाल सरकारले सन् २०२६ को जुन/जुलाईमा हुने राष्ट्र संघको सत्रअघि यी सिफारिसहरूमाथि आफ्नो अन्तिम प्रतिक्रिया पेश गर्ने तयारी गरिरहेको छ । कार्यशालामा युपिआर प्रक्रियालाई पारदर्शी बनाउन र सरकारलाई जवाफदेही बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने औंल्याइएको छ ।

    एफडब्लुएलडीका सूचना अधिकारी विनोदचन्द्र देवकोटाले विश्वव्यापी आवधिक समीक्षाका क्रममा प्राप्त सुझावहरू स्वीकार र कार्यान्वयन गर्नु नेपालको संवैधानिक तथा अन्तर्राष्ट्रिय दायित्व भएको बताए । किरण कुँवरले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रजनन स्वास्थ्य अधिकार, सम्मानजनक प्रसूति सेवा र लैङ्गिक विभेद अन्त्यका लागि राष्ट्रिय रणनीतिहरूको प्रभावकारी कार्यान्वयनमा सहभागीहरूले जोड दिएका थिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन्…

    विश्वकप फुटबलमा चर्चित बन्यो ‘मर्लिन’ हाँस, भिडियो भाइरल

    विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज…

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    आर्थिक

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

    सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य भएको ठहर

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑