सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज ओली निवासमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे । ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले उनको राष्ट्रिय राजनीति तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका छन। उनले ओलीको निधनबाट समाजले एक अभिभावक गुमाएको उल्लेख गरे ।
अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा