सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । निर्वाचन भएको डेढ दिनपछि हिमाली जिल्ला मुगुमा मतगणना सुरु भएको छ । शनिबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्बदलीय बैठकमा गोलाप्रथामार्फत दिउँसो ४ बजेबाट मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत मीन बहादुर कुँवरले बताए ।
उनका अनुसार आज बसेको सर्बदलीय बैठकमा ४ बजेदेखि मतगणना कार्य सुरु गर्ने निर्णय भएको बताए ।
गोलाप्रथा गरेर पहिलो मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १ बाट मतगणना कार्य सुरु गरिने उनको भनाइ छ । भौगोलिक बिकटताले टाढा रहेका स्थानबाट मतपेटिका आउन बाँकी थियो ।
शनिबार १ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत पेटिका पुगेपछि ४ बजेबाट मतगणना गर्ने विषयमा छलफल भएको थियो ।
मुगुमा एक अस्थाई सहित ६९ वटा मतदान केन्द्र रहेका छन् । मुगुमा ३६ हजार ३१ मतदाता रहेका छन जसमध्ये २२ हजार ३ सय ५२ अथार्त ६० दशमलब ९८ प्रतिशत मत खसेको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा