सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाजुरा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुराको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । मतपरिणामअनुसार रुख चिन्हका उम्मेदवार जनक गिरीले ७८५२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी सूर्य चिन्हका लालबहादुर थापाले ६६९२ मत प्राप्त गरेका छन् । त्यस्तै घण्टी चिन्हका हेमराज थापाले ३३४४ मत पाएका छन् ।
यसैगरी तारा चिन्हका प्रकाश शाहले १४०४ मत प्राप्त गरेका छन् भने हलो चिन्हका केशर शाहीले १७९ मत पाएका छन् ।
अन्य उम्मेदवारहरूमा आँखा चिन्हका दिपक डिसीले ८५, गुलाब चिन्हका भुपेन्द्र विकले १०९ र भंगेरो चिन्हका उपेन्द्र शाहीले ५७ मत प्राप्त गरेका छन् ।
मतगणनामा ११८ मत बदर भएको जनाइएको छ । मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन स्रोतले जनाएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा