सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जुम्ला । जुम्लामा शुक्रबार दिउँसो १ बजेसम्म २ हजार ७८८ मत गणना सम्पन्न हुँदा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ ।
हालसम्मको गणनामा हलोले १ हजार ४५८ मत प्राप्त गरेको निर्वाचन स्रोतले जनाएको छ । त्यहाँ हलो चुनाव चिन्ह लिएर राप्रपाका ज्ञानेन्द्र बहादुर शाही उम्मेदवार छन् ।
यसैबीच कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ र ४ को मतगणनामा जम्मा १ हजार ५४३ मत गणना गरिएको छ । सो गणनामा हलोले ९१७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ ।
त्यसैगरी तारा चुनाव चिह्नले ३२२ मत प्राप्त गरेको छ भने रुखले १९५ मत पाएको छ। सूर्यले ४० मत, घण्टीले १४ मत, मादलले १० मत प्राप्त गरेका छन् । कमल र आँखा चुनाव चिह्नले समान १÷१ मत प्राप्त गरेका छन् भने ४३ मत बदर भएको जनाइएको छ ।
मतगणना कार्य अझै जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा