सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्वोच्च अदालत ले बीएन्डसी मेडिकल कलेजका मालिक तथा हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईं लाई रिहा गर्न आदेश दिएको छ।
मंगलबार बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले प्रसाईंलाई रिहा गर्न आदेश जारी गरेको हो। न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेल को संयुक्त इजलासले आदेश जारी गरेसँगै प्रसाईं तत्काल रिहा हुने भएका छन्।
सरकारले निर्वाचन भाँड्ने आशंका गर्दै फागुन ४ गते मध्यराति भक्तपुरको थिमीस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो। त्यसयता उनी जिल्ला प्रहरी परिसर काठमाडौं को हिरासतमा रहेका थिए। पछिल्लो एक महिनायता उनलाई पटक–पटक पक्राउ गरिएको थियो।
यसअघि माघ २३ गते पनि उनी पक्राउ परेका थिए। त्यसबेला सरकारी वकिलको कार्यालयबाट हाजिर जमानीमा रिहा भएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली सँगको संवादपछि निर्वाचन भाँड्ने आशंका गरिएको भन्दै पर्सा जाँदै गर्दा बल्खुबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
निर्वाचनसम्बन्धी विवादित अभिव्यक्ति दिएको आरोपमा निर्वाचन आयोग को पत्रका आधारमा साइबर ब्यूरो ले समेत उनलाई पक्राउ गरेको थियो। अनुसन्धानपछि बयान लिएर हाजिर जमानीमा छाडिएको थियो।
यसअघि माघ ५ गते पोखरामा पनि उनलाई नियन्त्रणमा लिइएको थियो। त्यतिबेला बयान लिएपछि रिहा गरिएको थियो। यस पटक भने प्रसाईंका साथमा नेकपा (बहुमत) का धर्मेन्द्र बाँस्तोला र ऋषि कट्टेल लाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा