• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन, आन्दोलन निरन्तर जारी रहने

      गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

      गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार स्वीकार्य छैन’

      नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

      लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

      कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

      देश ठुलो संकटतर्फ उन्मुख भएको संकेत देखिँदैछ: डा. बाबुराम भट्टराई

      इनम प्रकरण र न्यायालयको दुरावस्था 

      सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

      २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

      फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी

      कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

      काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधनमाथि कारबाही

      वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात

      हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

    होमपेज /  मुख्य समाचार

    एसईईको नतिजा सुधारका लागि विशेष तयारी कक्षा सुरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १२, मंगलबार (८ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३१ पटक पढिएको
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारका लागि ६ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । गत वर्षहरुमा लिइएको एसईई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ ।

    यीमध्ये पहिलो चरणमा धेरै विद्यार्थी भएका गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो । यी विद्यालयमा विशेष कक्षाको आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइनेछ । विषय विज्ञ, स्रोत शिक्षक, सेवा निवृत्त शिक्षकहरुले यी कक्षाहरु लिनेछ ।

    न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुनेछन् ।

    यी विद्यालयहरुका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ । यी दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ । यो कुल परीक्षार्थीको १३ प्रतिशत हो ।

    हिजो गीतामाता मा. वि. मा कक्षाहरुको शुरुवात गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, विद्यार्थीहरुमा परीक्षाको डर हटाउन र परीक्षामा आत्म विश्वाशका साथ सहभागी हुन प्रोत्साहन गर्ने, उत्तर लेख्ने सिप सिकाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताइन् ।

    उनले भनिन, ‘तयारी गर्ने बेलामा अभ्यास पुग्छ कि पुग्दैन भन्नेमा चिन्ता गर्नु, परीक्षामा सहभागी हुने बेलामा चिन्ता नगरी सहभागी हुनु । यो विद्यालयका एसईई व्याचमध्ये हामी सबैभन्दा उत्कृष्ट ब्याच बन्नेछौँ भन्ने सोचर सहसिकाइ गर्नु । प्रश्नले खोजेको मात्र उत्तर लेख्नु । सबै प्रश्नको जवाफ लेख्नु । तपाईँहरुलाई राम्रो नतिजा ल्याउनबाट कसैले रोक्न सक्दैन ।’

    सिकाइ उपलब्धि न्यून भएका विद्यार्थीहरुलाई एसईई उत्तीर्ण गराउन आवश्यक परीक्षामा सहभागी हुने सिप र लेखन शैलीमा आवश्यक ज्ञान, सिप प्रदान गरेर समग्र महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको एसईई उत्तीर्ण प्रतिशत वृद्धि गर्ने विशेष कक्षाको मुख्य उद्देश्य हो ।

    यसमा विगत वर्षमा सन्तोषजनक नतिजा हासिल गर्न नसकेको विद्यालयहरुलाई प्राथमिकतामा राखिएको छ । यसबाहेकका अन्य विद्यालयहरुले कक्षा माग गरेमा विभागले उपलब्ध गराउनेछ ।

    २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । यसमा १७ जनाले ४ जीपीए पाए । यो नतिजा २०८० कोभन्दा ४४.७७ प्रतिशत धेरै हो । त्यस वर्ष (२०८०) मा ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । २०८१ सालको परीक्षामा ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना थियो । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माको आपत्ति

    स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक : मन्त्री मगर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन,…

    गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

    गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस…

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आर्थिक

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑