सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
शनिबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटवार्तामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए। भेटमा पार्टी सुदृढीकरण, संगठन मजबुत बनाउने रणनीति र कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको बताइएको छ।
निर्वाचन आयोगले शुक्रबार विशेष महाधिवेशनलाई मान्यता दिएसँगै गगन थापा कानुनी रूपमा नेपाली कांग्रेसको सभापति बनेका हुन्। यद्यपि, देउवा समूहले आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरिसकेको छ।
भेटवार्तालाई कांग्रेसभित्र उत्पन्न विवाद समाधान र आगामी राजनीतिक दिशा तय गर्ने प्रयासका रूपमा हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा