सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा गएको समूह पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्। पार्टीको आधिकारिकतासम्बन्धी विषयमा निर्वाचन आयोगमा पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अझै पनि आफूहरूसँगै रहेको दाबी गरे।
निर्वाचन आयोगमा बोल्दै कोइरालाले आफूहरू आयोग आउनुपर्ने अवस्था नै नरहेको तर सञ्चारमाध्यममा आएका समाचारका कारण बाध्य हुनुपरेको बताए। पार्टीको आधिकारिकताको टुंगो निर्वाचन आयोगले लोकतान्त्रिक पद्धतिअनुसार लगाउने विश्वास पनि उनले व्यक्त गरे।
कोइरालाले पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन माग गर्न सक्ने भए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै तय गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको बताए। कुनै पनि पदाधिकारीलाई व्यक्तिगत रूपमा विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको भन्दै उनले व्यक्ति होइन, संस्थागत निर्णय नै आधिकारिक हुने जिकिर गरे।
गगन थापा समूहको निर्णयप्रति संकेत गर्दै कोइरालाले टुँडिखेलमा गएर कुनै निर्वाचन आयुक्तले उम्मेदवारी दर्ता हुँदैन भन्यो भने त्यो आयोगलाई मान्य नहुने उदाहरण दिए। उनले संस्थागत प्रक्रियाबाट नभएका निर्णय वैधानिक नहुने तर्क गरे।
उनका अनुसार अर्को पक्षले बुझाएको भनिएका हस्ताक्षरसमेत फिर्ता भएको निस्सा निर्वाचन आयोगमा प्रस्तुत गरिएको छ। महाधिवेशनमा सहभागी भएका ८ सय ८५ जना प्रतिनिधिले उक्त विशेष महाधिवेशनबाट आफूहरू फर्किएको उल्लेख गर्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको र सोही प्रमाण आयोगमा पेस गरिएको कोइरालाले जानकारी दिए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा