सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भइरहेको गुनासो गर्नुभएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पछिल्लो समय कांग्रेसले प्रक्रिया र विधानलाई निल्दै गएको आरोप लगाउनुभयो। संख्याको दम्भ देखाएर केही नेताहरूले महामन्त्रीहरूमाथि प्रहार गरिरहेको उहाँको भनाइ थियो।
महामन्त्री थापाले पार्टी कार्यालयको घेराबन्दी सानो भए पनि आम कार्यकर्ताको घेराबन्दी ठूलो रहेको उल्लेख गर्दै अन्ततः आम नागरिक र कार्यकर्ताले नै यसको छिनोफानो गर्ने जिकिर गर्नुभयो।
उहाँले संख्याका आधारमा दम्भ देखाउँदै महामन्त्रीद्वयलाई लक्षित गरी घेराबन्दी गरिएको दाबी गर्नुभएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा