सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य नरहेको स्पष्ट पारेका छन्। मंगलबार ललितपुरमा आयोजित इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी सदस्यता सम्बन्धी उठिरहेका प्रश्नमा प्रष्ट जवाफ दिएका हुन्।
उनले उज्यालो नेपाल पार्टी गठनमा आफ्नो अगुवाइ रहेको स्वीकार गरे पनि हालसम्म आफू कुनै पनि दलको सदस्य नभएको दाबी गरे। “आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन,” मन्त्री घिसिङले स्पष्ट शब्दमा भने।
उज्यालो नेपाल पार्टीले पुस २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो। उक्त एकता सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षरका क्रममा मन्त्री घिसिङ पनि उपस्थित थिए।
उक्त उपस्थितिलाई लिएर पछिल्लो समय विभिन्न राजनीतिक दल र नागरिक समाजका केही पक्षले मन्त्री घिसिङले सरकारबाट राजीनामा दिनुपर्ने आवाज उठाउँदै आएका छन्। यसबारे प्रतिक्रिया दिँदै मन्त्री घिसिङले आफू सरकारको जिम्मेवारीमा रहँदा पूर्ण राजनीतिक निरपेक्षताका साथ काम गरिरहेको बताए।
कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा आफ्नो नेतृत्वमा भएका कामकारबाही र उपलब्धिहरूको चर्चा गर्दै विकास निर्माण र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको जिकिर गरे।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा