सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । गाली बेइज्जतीसम्बन्धी मुद्दामा नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाई दुवैको दाबी पुग्ने भएको छ। दुवैले एक–अर्काविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दामा अदालतले माग बमोजिमको दाबी पुग्ने फैसला गरेको हो।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले सोमबार बस्नेत र प्रसाईबीच दायर भएका दुवै मुद्दामा दाबी पुग्ने ठहर गर्दै फैसला सुनाएको अदालत स्रोतले जनाएको छ।
महेश बस्नेतले दुर्गा प्रसाईविरुद्ध २०८० कात्तिक १७ गते गाली बेइज्जती मुद्दा दायर गरेका थिए भने दुर्गा प्रसाईले बस्नेतविरुद्ध सोही वर्ष कात्तिक ११ गते मुद्दा दर्ता गराएका थिए।
यद्यपि फैसलामा के कस्तो सजाय हुने भन्ने विषयमा भने अहिलेसम्म खुलाइएको छैन। दुवै पक्षले एक–अर्काविरुद्ध कैद र जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेका थिए। सजाय निर्धारणसम्बन्धी आदेश भने अदालतबाट पछि सार्वजनिक हुने जनाइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा