सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ ।
आयोग स्रोतका अनुसार ओलीलाई बयानका लागि बोलाइएको हो, तर बयानको प्रकृतिबारे खुलाइएको छैन । यसअघि नै ओलीले आयोगमा बयान दिन नजाने सार्वजनिक रूपमा बताइसकेका छन् ।
ओली बयानमा उपस्थित नभए के गर्ने भन्ने प्रश्नमा आयोग अध्यक्ष गौरीबहादुर कार्कीले “भोलिको कुरा भोलि नै थाहा हुन्छ” भन्ने प्रतिक्रिया दिएका छन् । कानुनअनुसार आयोगले भौतिक रूपमा वा लिखित रूपमा बयान लिन सक्ने विकल्प रहेको कानुनका जानकारहरू बताउँछन् ।
यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले आजै ओलीसँग जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे बयान लिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा