सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका छन्।
मन्त्रिपरिषद्ले मंसिर ८ गतेको बैठकमार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा सुदृढीकरण आवश्यक रहेको निष्कर्ष निकालेको थियो। सोही सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले निर्वाचन अवधिमा नेपाली सेना तैनाथीको निर्णयलाई मान्यता दिएका हुन्।
यसअघि राष्ट्रिय सुरक्षा परिषद्ले चुनावका बेला सम्भावित सुरक्षा जोखिमलाई न्युनिकरण गर्न सेना परिचालन गर्न सरकारलाई सुझाव दिएको थियो। परिषद्को उक्त सिफारिसपछि मन्त्रिपरिषद्ले औपचारिक रूपमा सेनाको तैनाथीका लागि राष्ट्रपति समक्ष प्रस्ताव पठाएको थियो।
सेना परिचालनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनसँग समन्वयमा तीन तहको सुरक्षा व्यवस्था लागू गरिने बताइएको छ। सरकारका अनुसार यसले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेलेनेछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा