सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको संरचना व्यापक रूपमा घटाउँदै अब केवल ६ सदस्यमा सीमित गर्ने निर्णय गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले बुधबार जारी गरेको विज्ञप्ति अनुसार मंसिर ११ गतेदेखि यो व्यवस्था लागू हुनेछ।
नयाँ संरचना अनुसार प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र अवैतनिक जनस्वास्थ्य विज्ञ गरी ६ पद मात्र कायम रहने छन्। बाँकी सबै नियुक्तिहरू खारेज गरिएका छन्।
प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि २०७४ (११औँ संशोधन २०८१) अनुसार सचिवालयमा ६६ जनासम्म दरबन्दी राख्न सकिने व्यवस्था छ। तर पदभार सम्हालेपछि प्रधानमन्त्री कार्कीले आवश्यक ठानेका पदहरूमा मात्रै नियुक्ति गर्दै यसलाई पहिले २० जनामा झारेकी थिइन्। अब त्यो संख्या झनै घटेर ६ जनामा सीमित भएको छ।
सचिवालय घटाउने यो कदमलाई खर्च कटौती, दक्षता वृद्धि र अनावश्यक राजनीतिक नियुक्ति रोक्ने प्रयासका रूपमा हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा