सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १० । जेनजी अभियानका अगुवा मिराज ढुंगाना नेतृत्वमा आएका युवाहरू बुधबार प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई त्यहाँबाट लखेटेको छ। आन्दोलनका क्रममा प्रधानमन्त्रीनिवास वरपर रहेको सुरक्षा घेराभित्र प्रवेश गर्न नदिन काठमाडौं प्रहरीले कडाइ अपनाएको हो।
बिहानैदेखि योजना बनाएर आएको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले तीन महिनादेखि आफ्नो माग सम्बोधन गर्ने आश्वासन दिए पनि ‘कुनै ठोस परिणाम नआएको’ आरोप लगाउँदै नाराबाजी गरेको थियो। उनीहरूले ‘युवापुस्ताको आवाज दबाउन खोजिएको छ’ भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन प्रयास गरेका थिए।
प्रदर्शन तीव्र बन्दै गएपछि सुरक्षाकर्मीहरूले आन्दोलनकारीलाई तत्काल सडक छेउबाट हटाउन निर्देशन दिए। प्रहरीको आग्रह नमानिएपछि उनीहरूलाई केही परसम्म लखेटेर स्थान खाली गराइएको एक प्रहरी स्रोतले जनाएको छ। प्रहरीले भीड बढ्दै गइरहेको भन्दै सचिवालय क्षेत्रको सुरक्षा अझ कडा बनाएको छ।
यसअघि मंगलबार जेनजी समूहले प्रधानमन्त्रीलाई सीधा मागपत्र बुझाउन सिंहदरबार प्रवेश गर्ने प्रयास गरेको थियो। तर, मुख्य प्रवेश ढोकाबाटै प्रहरीले उनीहरूलाई रोकेको थियो। केहीबेर धकेलाधकेल भएपछि समूहलाई प्रहरीहरूले हटाएका थिए।
अभियानका अगुवा मिराज ढुंगानाले सरकारले तीन महिनादेखि युवापुस्तालाई निरन्तर आश्वासन मात्र दिएको तर माग सम्बोधनका लागि कुनै वास्तविक कदम नचालेको आरोप लगाएका छन्। उनका अनुसार, ‘प्रधानमन्त्री भेट्छु भन्छन्, तर भेटसमेत टर्दै जानु भएको छ। हामीलाई आन्दोलनभन्दा अर्को विकल्प छैन।’
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा