सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ९ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाहरूको मागलाई आफूहरूले पहिले नै सम्बोधन गरेको दाबी गरेका छन्। मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी नै जेनजी पुस्ताको “असली अभिभावक” हुन जानेको दाबी गरे।
उनले भने, “हामीले युवाहरूको मुद्दालाई सम्बोधन गरेका छौँ। युवाका सही आवाजलाई सबैभन्दा पहिले समर्थन ग¥यौँ। बलपूर्वक दमन नगरियोस् भनेर सरकारलाई खबरदारी पनि ग¥यौँ। जेनजी पुस्ताले नेपाली कम्युनिस्ट पार्टी नै आफ्नो असली अभिभावक हो भन्ने कुरा बुझ्दै गएका छन्।”
दाहालका अनुसार देशभर हजारौँ युवाहरू पार्टीमा आकर्षित भइरहेका छन्। आगामी निर्वाचनमा नेकपा एक नम्बरको शक्ति बन्ने दाबी पनि उनले सम्बोधनमा गरे।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा