सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ठमाडौँ । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। कार्की नेतृत्वको सरकार बनेपछि मन्त्रीहरूले भ्रष्टाचार र गैरजिम्मेवार निर्णय गरेको आरोप लगाउँदै संगठनले आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीले पदमा बस्न नसक्ने स्थिति सिर्जना भएको दाबी गरेको हो।
विज्ञप्ति अनुसार ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी देशले व्यहोर्नु परेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्ने व्यक्तिलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप लगाइएको छ।
प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा, “यी सबै गतिविधि प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता वा संरक्षणबिना सम्भव नहुने” उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले तत्काल राजीनामा दिनुपर्ने जेनजी मुभमेन्टको माग सार्वजनिक गरिएको छ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा