• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

    होमपेज /  विश्व

    हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर ८, सोमबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३५ पटक पढिएको
  • काठमाडौं । करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपट यात्राको दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् ।

    एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमामा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । धेरैजसो मल्टिस्टार सिनेमामा देखिएकी वर्षा यो सिनेमामा भने केन्द्रीय भूमिकामा देखिँदै छिन् । धेरैपछि कुनै सिनेमाको केन्द्रीय पात्रका रूपमा आउन पाउँदा उनी उत्साहित छिन् ।

    यस्तो अवस्थामा दर्शकले आफूलाई तहगत रूपमा मूल्यांकन गर्ने उनले बताइन् । ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ। दर्शकहरूले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला सिनेमाभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु,’ उनले भनिन् ।

    उनले पछिल्लो पटक ‘ऐँचो पैँचो’ सिनेमाबाट निकै राम्रो प्रशंसा पाएकी थिइन्। वर्षा विवाहित भएकाले उनीसँगका अन्तरवार्तामा श्रीमान–श्रीमती, परिवार र बच्चासम्बन्धी प्रसंग प्रायः उठ्ने गर्छ ।

    यस हिसाबले उनले यो सिनेमामा निर्वाह गरेको पात्रमा वास्तविक भोगाइ मिसिएको छ कि भन्ने धेरैको जिज्ञासा हुन सक्छ । यसमा वर्षाले वास्तविक जीवनभन्दा अलग, आफूले निर्देशकले खोजेको चरित्रलाई उतारेको बताइन् ।

    ‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ। त्यसैले व्यक्तिगत जीवनले फरक पर्छ कि पर्दैन भन्ने हुँदैन। सन्तान हुँदा–नहुँदा त्यो पात्रले के–कस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ,’ उनले भनिन्, ‘निर्देशकले दिएको इसेन्सअनुसार आफूलाई पात्रमा ढाल्ने कोशिस गरेकी छु ।’

    कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास आएपछि सिनेमामा जोडिएकी वर्षाले ‘हर्ष’ले दर्शकलाई खुशीको आँसु दिने बताइन् । उनका अनुसार यसलाई केवल रुवाउने सिनेमा भनेर बुझ्नु हुँदैन ।

    ‘यसले पारिवारिक कथा पेस गर्छ भन्ने कुरा ट्रेलरले देखाइसकेको छ । त्यसैले ’रुवाउने मात्र हो कि’ भन्ने लागेको हुन सक्छ । तर त्यो होइन । यसले आँसु त झारिदिन्छ, तर हर्षका,’ उनले भनिन् ।

    सिनेमाका पात्रहरूसँग दर्शकले आफूलाई जोड्न सक्ने भएकाले उनी सिनेमाप्रति आशावादी छिन् । पछिल्लो समय पारिवारिक सिनेमा हेर्न दर्शक ठूलो संख्यामा हल आउन थालेकाले पनि उनी सकारात्मक नतिजाप्रति ढुक्क छिन् ।

    ‘अहिले नेपाली सिनेमाले एकदमै राम्रो गरिरहेका छन् । धेरैजसो सफल सिनेमाले दर्शकलाई रुवाएको छ, मन छोएको छ । हाम्रो सिनेमाले हर्षित पार्दै रुवाउनेछ जस्तो लाग्छ । दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ,’ उनले भनिन् ।

    एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमामा वर्षालाई अभिनेता खगेन्द्र लामिछानेसँग जोडीको रूपमा देख्न सकिन्छ । वर्षाले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । सिनेमा मंसिर १२ गते अल–नेपाल रिलिज हुँदैछ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ

    अमेरिका–इरान समझदारीको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

    अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

    इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

    चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

    नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड…

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑