सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल हिरासतबाट छाड्न आदेश दिएको छ। आइतबार बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश जारी गरेको हो।
यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन तथा कारण देखाउन आदेश दिएको थियो। प्रसाईंका छोरा निराजन प्रसाईंले बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौंलगायतलाई विपक्षी बनाइएको थियो।
प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रहरीले अभिव्यक्तिसम्बन्धी गतिविधिका आधारमा पक्राउ गरेको थियो। उनका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले साथसाथै पक्राउ गरेको छ।
सर्वोच्चको आदेशपछि अब प्रशासनले प्रसाईंलाई तत्काल रिहा गर्नुपर्नेछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा