सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपाल र अफगानिस्तान भिड्ने भएका छन् ।
हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने खेलमा आज नेपाल र अफगानिस्तान भिड्ने भएका हुन् ।
हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शरद् भेषावकरको कप्तानीमा सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।
अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन्।
नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहेको प्रतियोगिता चार समूहमा विभाजन गरिएको छ भने नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन्।
त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्।
यो प्रतियोगिताका हरेक खेल समान छ÷छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा