सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पत्ति छानबिनको डरले देश छाडेको आरोप लगाएका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै भेटिएका छन्।
जेनजी आन्दोलनका क्रममा आगजनी भएको बुढानीलकण्ठस्थित आफ्नै निवासमा खड्का सोमबार सार्वजनिक भएका हुन्। उनले जलेको घरमै पत्रकारहरूसँग अन्तरक्रिया गर्दै आफू देश नछोडेको स्पष्ट पारेका छन्।
खड्काले भने, “म देशमै छु, कुनै पनि कानुनी अनुसन्धान वा छानबिनको सामना गर्न तयार छु। डराएर भाग्ने प्रश्नै आउँदैन।”
यसअघि गृहमन्त्री अर्यालले एक अन्तर्वार्तामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भएपछि पूर्वऊर्जामन्त्री खड्का विदेश भागिसकेको र अन्य केही पूर्वमन्त्रीहरू पनि तयारी अवस्थामा रहेको दाबी गरेका थिए।
तर गृहमन्त्रीको उक्त भनाइको एक दिनमै खड्का सार्वजनिक भएपछि उनको दाबी असत्य ठहरिएको छ।
गत साताको जेनजी आन्दोलनका क्रममा खड्काको बुढानीलकण्ठस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। सो क्रममा घर र सवारीसाधनमा ठूलो क्षति पुगेको थियो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा