सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज २३ । सरकार गठन भएको एक महिना पुग्न लाग्दा पनि जेनजी आन्दोलनका मागहरू अझै पूरा नभएको भन्दै बिहीबार माइतीघर मण्डलामा गरिएको शान्तिपूर्ण प्रदर्शनमा नेपाल स्वतन्त्र नागरीक सञ्जालका संयोजक दिनेश सुवेदीसहित ७५ जनाभन्दा बढी प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनमा सहभागीहरूले सरकारको मौनताप्रति आक्रोश व्यक्त गर्दै जनता–न्याय–जवाफदेही (जेनजी) आन्दोलनका पाँचवटा मुख्य माग तुरुन्त पूरा गर्नुपर्ने माग गरेका थिए। उनीहरू शान्तिपूर्ण रूपमा माइतीघर मण्डलामा भेला भएर सरकारको ध्यानाकर्षण गराउन चाहन्थे। तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिएको भन्दै प्रहरीले उनीहरूलाई प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा संयोजक दिनेेश सुवेदी, अभियन्ता डा. निकोलस भुसाल, अभियन्ता ई. आरपी महतो, एसपी साह, सञ्जि दाहाल लगायत ७५ बढि सामाजिक अभियन्ता, विद्यार्थी र नागरिक समाजका प्रतिनिधिहरू छन्। सबै पक्राउ परेका व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रदर्शन नियमविपरीत भएको र शान्ति सुरक्षा प्रभावित हुन सक्ने भन्दै प्रदर्शन अघि नै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। तर, प्रदर्शनकारीहरूले भने यो दमनकारी कार्य हो भन्दै विरोध जनाएका छन्।
प्रदर्शनकारीहरूका अनुसार ‘जेनजी आन्दोलन’ जनता, न्याय र जवाफदेही शासनको सुनिश्चितताको लागि गरिएको अभियान हो, जसमा युवाहरूको उल्लेखनीय संलग्नता देखिएको छ। उनीहरूले सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाएर मागहरू अघि सारेको भए पनि कुनै सुनुवाइ नभएको भन्दै सडकमा उत्रिनु परेको जनाएका छन्।
यसबीच, प्रहरीले पक्राउ परेका सबैलाई आजै साँझसम्म रिहा गर्ने तयारी भइरहेको बताएको छ। नागरिक स्वतन्त्र सञ्जालले भने यसरी शान्तिपूर्ण प्रदर्शनलाई दमन गर्नु अलोकतान्त्रिक हो भन्दै आगामी दिनमा अझ बलियो रूपमा सडकमा उत्रिने चेतावनी दिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा