सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिदिम । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ रानीगाउँको कार्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घाईतेहरुलाई उपचारको लागि धरान पठाईएको प्रहरीले जनाएको छ । मृतक र घाईतेहरुको पहिचान हुन बाँकी रहेको बताइएको छ ।
ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जीप सडक बाट करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा तीन महिला र तीन पुरूषको घटना स्थलमै मृत्यु भएको हो । घाइतेहरुको उद्धारमा नेपाली सेना वीरदल गण र नेपाल प्रहरी घटिएको छ ।
पाँच घाइतेलाइ धरान र एक जनालाई थप उपचारको लागि फिदिम पठाइएको छ । मृतकको पहिचान सहितको थप विवरण आउन बाँकी छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा