सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । देशभरका विभिन्न वर्षामापन केन्द्रमा लगातारको वर्षाले खतरा तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन भएको छ।
पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २७० मिलिमिटर वर्षा भएको छ, जुन अति धेरै भारी वर्षा मानिन्छ। त्यस्तै बारा र पर्सामा पनि २०० मिलिमिटरभन्दा बढी वर्षा मापन भइसकेको विभागले जनाएको छ।
यससँगै सिन्धुपाल्चोकदेखि दोलखा र काठमाडौं उपत्यकालगायत १४ जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ। त्यस्तै देशभरका ५० भन्दा बढी मापन केन्द्रमा ३० देखि ५० मिलिमिटर सम्म वर्षा मापन भएको छ।
बागमती, मधेस र कोसी प्रदेशका धेरै स्थानमा खतरा तह नजिक पुगिसकेको विभागले चेतावनी दिएको छ।
हाल बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण व्यापक वर्षा भइरहेको र अर्को प्रणाली सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै ठाउँमा भारी वर्षा हुनसक्ने विभागले सतर्क रहन अनुरोध गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा