• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

      खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

      विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

      नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग आग्रह

      पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय : मन्त्री गौरी कुमारी

      उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह

      चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

      क्यान्सर रोगका बिरामीहरूले अझै औषधि नपाएको सांसद थपलियाको गुनासो

      सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

      नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन

      रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

      अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

      बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

      गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

      रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी  

    होमपेज /  मुख्य समाचार

    एक्लो भएको छोरो शहीद भयो, अब न्यायका लागि गोली खान तयार छु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ आश्विन १८, शनिबार (८ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३०५ पटक पढिएको
  • काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीदप्रति इमान्दार अभियान नलिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । चौलागाईंले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भागदौड, शव व्यवस्थापनमा कमजोरी र आन्दोलनको नेतृत्व कमजोर भएको आरोप लगाउँदै अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई तत्काल पक्राउ तथा कडा कारवाहीको माग गरेका छन् ।

    गणेशका अनुसार, श्रीयम विद्यालयबाटै आन्दोलनमा सहभागी भए पनि गोली चलेको खबर आएपछि परिवारले बारम्बार फोन गर्दा जवाफी संचार हुन छाड्यो । ‘मैले २० भन्दा बढी फोन गरेँ, ३ः३० को हाराहारीमा एउटा सन्देश आयो बाबुलाई चोट लागेको छ, सिभिल अस्पताल लगियो भनेर,’ उनले भने । सिभिल हस्पिटल पुगेपछि श्रीयम राष्ट्रिय ट्रमा सेन्टरमा रहेको र मृत्यु पुष्टि भएको आफूलाई थाहा भएको उनले बताए ।

    गणेशले बताए अनुसार शव ट्रमपछि त्रिवि शिक्षण अस्पतालमा पाँच दिनसम्म राखियो र प्रारम्भमा शव उपलब्ध गराउन सरकारले ढिलाइ गरेको थियो । ‘हामीले जबरजस्ती माग गर्दा मात्रै मुचुल्का उठाएर गएका थिए तर प्रहरीले ‘पाँच–सात दिनपछि सम्मानका साथ निकाल्छौँ’ भनेको थियो,’ उनले भने ।

    गणेशले भने कि परिवारले अब सम्मानको अपेक्षा नगरी तत्काल आफ्ना छोराको शव चाहिएको माग गरेका थिए, किनकि ‘लास कुहिरहेको’ अवस्था देखिएकाले अब ढिलाइ गर्न नसकिने अवस्थामा पुगेको थियो ।

    आन्दोलन नेतृत्व र वर्तमान राजनीतिक नेतृत्वप्रति कडा अभिव्यक्ति दिँदै गणेशले भने, ‘जेनजी पुस्ताको लिडरसिप कमजोरी नै छ । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, रमेश लेखक यी हत्यारा हुन् । यिनलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्छ ।’

    उनले वर्तमान सरकारलाई शहीदहरुको रगतमा टेकेर बनेको बताए । सरकारले शहीदप्रति वास्तविक सहानुभूति देखाउन आवश्यक रहेको बताउँदै १५ लाख क्षतिपूर्तिको घोषणा स्वीकार्य नभएको पनि स्पष्ट पारे ।

    गणेशले परिवारका तर्फबाट समिति गठन सुरक्षाका कामका लागि पहल गरेको बताए । उनले सफा नेतृत्व र ठोस कार्यान्वयनको अभाव हुँदा आन्दोलनको अहिलेको स्वरूप निराशाजनक रहेको बताए । उनले शहीदको सपना पूरा गर्न अब देशमा प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री चाहिनेमा जोड दिए ।

    घटनापछि परिवारले सरकारी निकायसँग किटानी जाहेरी दिएको र प्रहरीले मुचुल्का लिने व्यवस्था गरेको उल्लेख पनि समाचारमा प्रस्तुत छ । गणेशले सामाजिक संघसंस्थाहरूले पनि पर्याप्त काम नगरेको आरोप लगाएका छन् ।

    गणेशले अब शहीद परिवारहरुका तर्फबाट सरकारलाई दबाब सिर्जना गर्न संघर्षका कार्यक्रमहरु आयोजना गर्ने बताए ।

    उनले भने,‘शहीदहरुको सपना पूरा गराउन कसैले साथ नदिए एक्लै भएपनि लड्ने छु । एउटा भएको सन्तान पनि गुमेपछि मेरो के नै रह्यो र ? छातीमा गोली थापेर भएपनि लड्छु ।’

    आफ्नो छोरा शहीद भएपछि वाथरुममा पसेर घन्टौंसम्म रोएको बताएका उनले श्रीयम वानेश्वरको सिभिल अस्पताल अगाडिको सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गर्दैगर्दा प्रहरीले गोली वर्षाएको सुनाए । ‘मेरो छोरासरहका युवाहरुलाई गोली हान्न लगाउने त्यसबेलाका सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पहिले पक्राउ गरेर जेलमा हालेर मात्र छानविन आयोग बनाउनुपर्छ । ति सबै पशु हुन् । यिनीहरुले देशको माया गर्दैनन्, भाषणमा मात्र माया गर्छन् ।’

    इटहरीमा जन्मिएका श्रीयम परिवारसहित काठमाडौंको पेप्सीकोला बस्दै आएका थिए । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट)अध्ययनरत थिए । उनी परिवारको एक्लो छोरा थिए । बुबा–आमाको बुढेसकालको सहारा थिए ।

    राजनीतिक दलको गतिविधिप्रति सँधै वितृष्णा भएको सुनाउने गरेका श्रीयमका बुबा गणेश र आमा गंगा कार्की यतिबेला गहिरो शोकमा छन् । गणेश र उनको परिवारले सुरुदेखिनै आन्दोलनमा सहभागी निहत्था युवामाथि गोली चलाउनु मानवअधिकारको ठाडो उल्लंघन भएको भन्दै दोषी जो भए पनि कानुनी कठघरामा ल्याउनैपर्ने चेतावनी दिंदै आएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं :…

    विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

    नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑