• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’

      पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा लगाए : तीर्थ गौतम

      अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

      देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ

      नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

      पूर्वअर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा गर्न आदेश

      फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनसँग प्रधानमन्त्री शाहको छलफल

      महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

      राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

      राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

      पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो : बुद्ध एयर

      जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न अदालत प्रतिबद्ध छ : न्यायाधीश खड्का

      झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ : ओली

      ‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा

      दृष्टिविहीन र अशक्तको पीडा : ‘भत्ता र मागेको पैसाले कति दिन बाँच्नु ?

    होमपेज /  मुख्य समाचार

    निर्मला प्रकरण एउटा विम्ब हो, न्यायप्रणालीका लागि कालो धब्बा हो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ २७, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ६१० पटक पढिएको
  • हालका गृहमन्त्री रमेश लेखकले भन्नुभएकै थियो–‘निर्मला पन्तलाई म न्याय दिलाउँछु’ भनेर । उहाँ स्वयम् निर्मलाको आन्दोलमा सहभागी हुनुभएको थियो । गृहमन्त्रीज्यू, तपाईंले जनतालाई र निर्मलाको परिवारलाई जवाफ दिनुहोस् । अहिलेसम्म के गर्नुभयो ? म एक नागरिकका रुपमा प्रश्न गर्दैछु र जवाफ माग्दैछु ।

    काठमाडौँ ।  निर्मला पन्तको बलात्कारको घट्ना राज्यलाई कालो धब्बा लाग्ने एउटा कूख्यात प्रकरण हो । घटना २०७५ साउन १० गते एक बालिका जसको बलात्कार गरिन्छ र निर्ममतापूर्वक हत्या गरिएको छ । अहिले ०८२ साल भइसक्यो अर्थात सात बर्ष वितिसक्यो । नेपालमा बालिका बलात्कार र हत्याको घट्नाहरुमा यति धेरै मानिसहरु सडकमा आएको र तल्लो तहदेखि काठमाडौंका सडकसम्म तातेको घट्ना संभवत यो पहिलो होला । धेरै मानिसहरु आक्रोशको अवस्थामा सडकमा आएका थिए । घट्ना जुन खालको पृष्ठिभूमिमा छ त्यो हेर्दा कल्पना गर्न नसकिने र आङ्ग सिरिङ्ग हुने एउटा बर्बर घटनाका रुपमा लिन सकिन्छ ।

    तर यस्तो घट्नामा सरकारको निरिहता कल्पना गर्न पनि सकिँदैन् । एक दिनको कुरा होइन, महिनाको कुरा पनि होइन्, वर्षौ वर्षको कुरा हो । यो घट्नाका भइसकेपछि ६ जना गृहमन्त्री फेरिए । गृह मन्त्रालयको कुर्सीमा तत्कालिन नेकपा माओवादी केन्द्रका राम बहादुर थापा बादलदेखि अहिलेका रमेश लेखकसम्म बसिसकेका छन् । ६ जना मन्त्रीले कुर्सी साटफेर गरे । सरकारहरु फेरबदल भए । तर जुन गम्भीरता राज्यमा हुनुपथ्र्यो त्यो विल्कुल देखिएन् ।

    एउटा बलात्कार प्रकरणमा आजसम्म सत्यतथ्य पत्ता लाग्दैन् । राज्य कतिसम्म निरिह छ भने बलात्कार कसले गरेको हो र हत्या कसले गरेको भन्ने कुरा हामीलाई बताउँदैन् । पीडित जो न्यायको पर्खाइमा छन् उसलाई न्याय मिल्दैन् । यस्तो पनि सरकार हुन्छ, यो कुनै न्याय हो ?

    निर्मला पन्त भनेको एउटा बिम्ब हो । नेपालको कानुनविहीनताका लागि प्रत्येक दिन पाँचदेखि सातजना बालिका वा महिला बलात्कृत र हत्या भइरहेका छन् । या मुलुकमा हामी त्यसको सङ्ख्या गनेर बसिरहेका छौं । प्रत्येक वर्ष त्यो सङ्ख्या उजागर गर्ने, मिडियामा सार्वजनिक गर्ने काम गरिरहेका छौं । राज्य बलात्कार भएको महिला वा बालिकाको हत्या गर्नेको सख्या गनेर बसिरहेको छ । सरकारको यो भन्दा सरमपूर्ण घट्ना अरु हुन्छ जस्तो लाग्दैन् । कुर्सीमा जो पुग्छ उ भूपि शेरचनले भन्नुभएको जस्तो,‘घुम्ने मेचमाथि पुगेपछि मानिस अन्धो हुन्छ ।’

    सायद उहाँहरु त्यहाँ पुगेपछि केही देख्नुहुन्न । राज्य साँचिकै इमान्दार हुन्थ्यो भने एक बालिकालाई त्यो ढंगको निर्मम हत्या भएको घट्नाको लागि न्याय दिलाउन सक्दैन् ? के त्यति कमजार भइसक्यो नेपालको न्याय प्रणाली, के त्यति कमजोर भइसक्यो नेपालको प्रहरी प्रशासन ? ६ जना त आइजीपी नै फेरिसके । त्यो घटना भएका बेलाका आइजीपीले त पद छाडेर पार्टीमा आबद्ध भएर दुई पटक चुनाव पनि लडिसक्नुभयो ।

    हालका गृहमन्त्री रमेश लेखकले भन्नुभएकै थियो–निर्मला पन्तलाई म न्याय दिलाउँछु भनेर । उहाँ स्वयम् निर्मलाको आन्दोलमा सहभागी हुनुभएको थियो । गृहमन्त्रीज्यू तपाईंले जनतालाई र निर्मलाको परिवारलाई जवाफ दिनुहोस् । अहिलेसम्म के गर्नुभयो ? म एक नागरिकका रुपमा प्रश्न गर्दैछु र जवाफ माग्दैछु । तर मलाई थाहा छ, जवाफ दिँदैन यो राज्य ।

    हामी निरन्तर बोलिरहन्छौं, आवाजहरु बाहिर ल्याउने काम गरिरहन्छौं । यस्ता घट्नाहरु भइरहेको छ भनेर नदेखेको भए देखाउने काम गरिरहेका छौं । तर निर्मलाका बारेमा हेर्न बाँकी के छ, सुन्न बाँकी के छ र खोज्न बाँकी के छ र ? पाँच–छ वटा त समिति नै बनिसके । त्यसको लागि ती समितहरुले के गरे ? मेरो प्रश्न यही हो ।

    मलाई लाग्छ निर्मला नेपालको न्यायप्रणालीमा एउटा ठूलो कालो धब्बा हो । नेपालको शासन प्रशासन चलाउछु भन्नेहरुको लागि एउटा ठूलो तमासा हो । तर उहाँहरुलाई त्यो चड्कनले वा तमासाले कतै छोएको छैन् । तर प्रश्नहरु गरिहनुपर्छ । जब हामी प्रश्नबाट भाग्छौं वा प्रश्नबाट डराउँछौं चाहे मिडिया होस् या नागरिक हुन् प्रश्न गर्न डराउनु हुँदैन् । हामीले प्रश्न गरेनौं भने सत्ता निरकुंश र अधिनायकवादी हुन्छ । सत्तालाई उसले चाहेजस्तो गर्नका लागि बाटो खुल्छ । त्यसकारण हामी सबैले प्रश्न गर्नपर्छ । र प्रश्नबाट भाग्नेहरुले शासन गर्ने अधिकार पनि राख्दैनन् । म फेरि पनि आग्रह गर्न चाहन्छु की राज्य फेरी पनि जिम्मेवार बनोस् ।

    एउटा बालिकामाथि जुन खालको अपराध भएको छ त्यो अपराध एउटा व्यक्तिको होइन । राज्यले अपराधिलाई सार्वजनिक गर्न सक्दैन भने त्यो अपराधको भारी राज्य बन्नुपर्छ । कुनै दिन राज्य अपराधी भयो भनेर कसैले औंला ठड्याउने ठाउँ नबनोस् । आशंकका सुईहरु अब धेरै ठाउँमा घुमेका छन् । आशंका गरेकै भरमा फलानो भनेर त भन्न सकिँदैन । धेरैले आशंका गरेका छन् जसमा कठित भीआइपीहरुसँग सम्बन्धित पक्ष नै जोडिएका कारणले घटनालाई यसरी दबाउन खोजिएको छ भनेर अशंका गर्नेहरु प्रशस्तै छन् । चाहे जोसुकै होस् माथिल्लो या तल्लो तहको व्यक्ति होस् तर अपराध भनेको अपराधा नै हो । यो अपराधको न त लिङ्ग नै हुन्छ, न त कुनै दल हुन्छ, न कुनै जात हुन्छ । अपराध न सानो हुन्छ न ठूलो । अपराध भनेको अपराध नै हो । लाखौं करोडौंको गाडी चढ्नेहरुले पनि अपराध गरेका छन् भने त्यो अपराधी नै हो । राज्यले त्यो अपराधमा को संलग्न छ भनेर हेर्ने हो । अपराधमा संलग्न भएको मान्छेको जात, वर्ण, थर, धर्म, लिङ्ग र दल के हो भनेर हेर्ने होइन ।

    त्यसकारण राज्यले निर्मम भएर यसको खोजनीति गर्नुपर्छ । अपराधी पत्ता लगाउने दिशामा अगाडि बढ्नुपर्छ । नेपालका बालिका बलात्कार र हत्या घटनाको सन्दर्भमा पहिला पनि यस्ता घटना भएका देखेका छौं । दैनिक पाँचदेखि सातवटा घटनाहरु हुँदै आइरहेका छन् । सात वर्ष यताको तथ्यांक हेर्नुभयो भने यसको भयावह एवम कहालीलाग्दो तथ्यांक तयार भइसकेको छ ।

    निर्मला प्रकरण एउटा विम्ब भएकाले नेपालको न्याय प्रणालीमा, अपराध कर्ममा, फौजदारी न्याय प्रणालीमा हामीले के गरिराखेका छौं र हैसियत के रहेछ कति पीडितलाई न्याय दिन सक्ने रहेछौं त भन्ने एउटा विम्बका रुपमा लिन सकिन्छ । यही घट्नाले बारम्बार हामीलाई गिज्याइरहेको छ । निर्मला पन्तजस्ता सयौं हजारौं बालिकाहरुले हामीलाई प्रश्न गरिरहेका छन्, गिज्याइरहेका छन् । राज्यलाई कुरिरहेका छन् । त्यसैले निर्मला पन्तको घटनाबाट राज्यले सुरुवात गरोस् न्याय दिने पहल कदमी चालोस् ।

    प्रहरीले चाहेको खण्डमा जटिल प्रमाणहरु सहित कठघरामा ल्याउने काम थुप्रै गरेको छ । तर निर्मला पन्तको बलत्कारपछिको हत्याको घटनामा जे जस्ता प्रमाणहरु संकलन गरिएको थियो त्यसका आधारमा पनि अपराधीसँग पुग्न सकिन्छ भन्ने कुरा अपराध विज्ञहरुले भनिरहेका छन् । नेपाल प्रहरीमै अवकाश प्राप्त भएका, अपराधका विषयमा अनुसन्धान गर्ने विशेषज्ञ पूर्वअधिकारीहरुले यो कुरा पटक पटक सार्वजनिक रुपमा नै भनेका छन् । त्यस कारण प्रमाण नभएर वा अपराधीसम्म पुग्ने प्रमाण नै फेला नपरेर पुग्न नसकेको हो की भनेर भन्न सक्ने ठाँउहरु छैन् । उहाँहरुको कुरा सुन्दा हामी यस विषयको विशेषज्ञ होइनौं, जसले विशेषज्ञता हासिल गरेका छन् । उनीहरुको कुरा सुन्ने हो भने यसमा नहुनुपर्ने र नसकिने कुनै आधार छैन् । तर भइरहेको छैन्, यहाँ एउटा सरकार, गृहमन्त्री, प्रहरी प्रमुखको इच्छा शक्ति भएन । अर्थात सकेनन् भने ठिक छ तर ६ जना परिवर्तन भइसक्दा पनि काम नहुनु दुर्भाग्यपूर्ण छ । त्यसकारण सरकारले आफूमाथि लागेको जुन आक्षेप र शंका छ त्यो हटाउनका लागि पनि यसलाई एकदमै गम्भीर भएर अनुसन्धान हुनुपर्छ । र अपराधीसम्म पुगेर उसलाई दण्डको घेराभित्र ल्याउन जरुरी छ ।

    यसमा थुप्रै व्यक्तिहरुको डिएनए परीक्षण गरिएको भनिएको छ । झण्डै ६ सयभन्दा बढि मानिसलाई अनुसन्धानको दायराभित्र ल्याइएको भनेर प्रहरीले बताएको छ । प्रमाण नै नष्ट भएको कारण कसैलाई न्याय दिन सकेनौ भनेर राज्यले हात ठडाउन मिल्छ र ?

    तत्कालिन समयमा जो जो व्यक्तिलाई शंकाको घेराभित्र ल्याइएको छ र जो व्यक्ति अपराधमा संलग्न छ भनेर एकदमै नजिक पुगेको भनिएको छ । तर ति मान्छेलाई पछि छाडिएको छ । त्यही मान्छेप्रति फेरि सार्वजनिक रुपमा शंका गरिएको छ । त्यसैले सुरुदेखि नै अनुसन्धान गर्नुपर्छ । सँगै जोडिएका अरु आशंकित पक्षहरु वा व्यक्तिहरु छन् त्यतातिर पनि अनुसन्धानको सुइ घुमाउनुपर्छ । अनुसन्धानको दायरा बढाउनुपर्छ । र प्रमाण भेटिएन, प्रमाण नष्ट गरियो भनेर उम्कने ठाँउ राज्यले पाउँदैन् । निर्मलाले न्याय पाउनैपर्छ । पाउलिन् त भनेर प्रश्न गर्ने नै होइन, पाउनैपर्छ । निर्मला पन्त एउटा बिम्ब हो । त्यसैले अरु थुप्रै मान्छेहरुको मुख बन्द हुने संभावना छ ।

    निर्मला घटनालाई बन्द गर्नु वा उनको फाइल बन्द गर्नु भनेको अन्य थुप्रै बालिकाहरुलाई बलात्कृत हुनका लागि बाटो खोल्नु हो । थुप्रै वलात्कारीलाई मैदान खुला गर्नु हो । के हामी त्यस्तै समाज बनाउन चाहन्छौ, के हामीले खोजेको समाज त्यस्तै हो ? हाम्रा बालिका, महिला, दिदिबहिनीहरु बलात्कृत भइरहुन् भन्न खोजेको हो । हाम्रो राज्यको अनुहार त्यस्तै बनाउन खोजेका छौ ? निर्मलालाई न्याय नदिनु भनेको राज्यमाथि यस्ता हजार प्रश्नहरु उठ्न सक्नेछन् भनेर बुझनपर्छ । त्यसकारण त्यति निर्मम बाटोतिर, दण्डहीन समाजतिर र राज्य कालो धब्बा बोकेर हिड्नेतर्फ प्रशासन लाग्दैँन् । निर्मलासँगै थुप्रै घटना छन् जो अनुसन्धानको दायरामा रही रहेका छन् । कुनै अनुसन्धान सकिएर अदालती प्रक्रियामा छ र त्यो भन्दा पनि ठूलो कुरा बलात्कारका घटनाहरु कति सार्वजनिक भएर आउछन्, कति अदालती प्रक्रियासम्म पुग्छन् र त्यो प्रक्रियासम्म पुग्दा समाजले एउटा पीडितलाई अझ बढि पीडित बनाउने र पीडक भने स्वतन्त्र भएर हिड्ने खालको समाज सिर्जना गरिरहेका छौ । त्यसैले न्यायका लागि जो लडिरहेका छन् उनीहरुलाई न्याय प्राप्त हुन्छ भनेर आशावादी गराउनका लागिपनि नेपालको न्याय प्रशासन, प्रहरी र मिडिया जगतले त्यस्ता आवाजहरुलाई बलियो बनाउनुपर्छ र उनीहरुलाई हिम्मत भर्नुपर्छ यसको लागि पनि निर्मलाजस्ता बलात्कृत भएका घटनाहरुमा न्याय प्रदान गर्नुपर्छ ।

    एमनेस्टी इन्टरनेशनल नेपाल च्याप्टरका पूर्वअध्यक्ष राजन कुईंकेलसँग गरिएको कुराकानीमा आधारित

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ

    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

    असई थमन विक हत्या प्रकरणका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

    सांसदले फेरि स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय

    खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो…

    चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा…

    पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा…

    अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

    असई थमन विक हत्या प्रकरणका पूर्वसांसद लक्ष्मी महतो…

    उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑