• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

      सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

      एलपी ग्यासको मूल्य घट्यो

      ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

    होमपेज /  मुख्य समाचार

    निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ २७, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५९८ पटक पढिएको
  • काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारको उखुबारीमा फेला परेको थियो । तर आज घट्ना भएको ६ बर्ष १० महिना १६ दिन पुरा हुँदा पनि अपराधी पत्ता लाग्न सकेको छैन् ।

    घट्नाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको दाबी गरेपनि दुई वर्षयता निर्मलाकी आमा दुर्गादेवीको घरमा अनुसन्धान टोलीले पाइला टेकेको छैन् । ‘अपराधी पत्ता लगाउँछन र न्याय पाइन्छ भन्ने आशा नै मरिसक्यो । नहुनु घट्ना भयो, मन शान्त छैन् । तर राम्रो अनुसन्धान होला र अपराधी पक्राउ पर्छन् भन्ने आशा गरेकि छैन् । अनुसन्धान टोलीलाई छिटो अपराधी पत्ता लगाइदिन भनिदिनुहोला,’ दुर्गादेवीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भनिन् ।

    घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो समयसम्म स्वदेश तथा विदेशमा आन्दोलन नै भयो । सामाजिक संजाल एवम डिजिटल प्लेटफर्मतिर सरकारको चर्को आलोचना भयो तर प्रहरीले वास्तविक अपराधी पत्ता लगाउन सकेन । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक सय २० भन्दा बढी व्यक्तिहरूमा अनुसन्धान गर्या । केहीलाई कस्टडीमै राखेर अनुसन्धान गर्यो तर घट्नामा प्रत्यक्ष संलग्न अपराधी पत्ता लगाउन सकेन ।

    हालका गृहमन्त्री रमेश लेखक कञ्चनपुरको सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनले गृह मन्त्रालयको पदभार ग्रहणपछि एक सार्वजनिक समारोहमा निर्मलाका हत्यारा जसरी पत्ता लगाउने बचन दिएका थिए । जुन दिन बचन दिए त्यसदिनदेखि निर्मलाको प्रसंग उठाएका छैनन् । नेपाली प्रहरी एवम सीआइबीसँग उक्त घट्नाका सम्बन्धमा कुनै किसिमको छलफल, संवाद एवम निर्देशन नदिएको लेखककै निजी सचिवालयका एक सदस्यले जानकारी दिए । ‘निर्मलाका विषयमा थप अनुसन्धान गर्नेगरी नयाँ रणनीति बनाएको हामीलाई जानकारी छैन् ।’ ति सदस्यले भने ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता युवराज खड्काले निर्मला पन्तको जस्तो जटिल केसमा सूक्ष्म अनुसन्धान सँधै जारी रहने गरेको बताउँछन् । तर पछिल्लो अनुसन्धानबाट प्राप्त प्रगति विवरण सीआइबीले सार्वजनिक गरेको छैन् । नेपालको इतिहासमै सबैभन्दा बढी छानबिन समिति बनेको, सडकदेखि सदनसम्म आवाज उठेको र मानव अधिकारकर्मीले घट्नाको छानविन गरेको यो नै पेचिलो घट्ना होला । तर निष्कर्ष केहीपनि निस्किएको छैन् ।

    मानव अधिकारकर्मी राजन कुईंकेल निर्मला पन्तको घट्नाबारे निष्पक्ष छानविन गर्न नसक्नु राज्यको निरिहता र कायरता भएको बताउँछन् । ‘नेपाल प्रहरीले धेरै जटिल केसहरुको अनुसन्धान गरेको छ । विदेशबाट अपराधी पत्ता लगाएर नेपाल ल्याएको धेरै उदाहरण छन्, गर्न नसक्ने भन्ने नै हुँदैन् । नेपाल प्रहरीको अनुसन्धान धेरै मजवुद पनि छ । कतिपयले प्रमाण नष्ट भइसक्यो भन्छन् तर प्रमाण नष्ट हुनै सक्दैन् । यसमा ठूलो दबाब र प्रभाव छ । राज्य लाचार भएको छ र पीडकहरु छाती फुलाएर हिडिरहेका छन्,’ उनले भने । कुईंकेलले घट्नालाई नयाँ सिराबाट अनुसन्धान सुरु गर्नुपर्ने सुझाव दिन्छन् ।

    निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन् । यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुंगोमा पुर्याउने आश गरिएको थियो । उनीहरुले पनि कुनै परिणाम दिन सकेनन् । ‘गृहमन्त्रीका रुपमा राम्रोसँग ६ महिनामात्र रवि लामिछानेलाई काम गर्न दिएको भए धेरै अपराधी र भ्रष्टाचारी जेल गइसक्थे । उहाँलाई काम गर्नै दिइएन । ठूला दल भनिएका नेताहरुको पोल खुल्ने डरले अनुसन्धानलाई प्रभावित पार्ने काम भयो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने ।

    त्यस्तै, हालका गृहमन्त्री लेखक निर्मलाकै क्षेत्रका भएकाले अनुसन्धान बलियो हुन्छ भन्ने आशा गरिएको थियो । उनले पनि हत्यारा पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने जिम्मेवारी आफूले पूरा गराइछाड्ने बताउन छाडेका छैनन् । तर काम केहीपनि अघि बढेको छैन् । हुनत ठूलो खर्च गरेर प्रहरीले अनुसन्धान नगरेको होइन् । बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा १२४ जनाको डीएनए जाँच नै गरिएको थियो । तर कसैसँग पनि डीएनए म्याच नगरेको विवरण सार्वजनिक गरिएको छ ।

    छोरीको न्यायका लागि भन्दै निर्मलाका आमा–बुवाले न्यायलय धाउने मात्र नभइ अनशन नै पनि बसे । काठमाडौंसमेत पुगेर प्रधानमन्त्रीलाई भेटे, जिल्ला प्रहरी कार्यालय दर्जनौं पटक धाए तर, निर्मला हत्याका वर्षहरू घर्किँदै जाँदा उनीहरूको आशा पनि मर्दै गएको छ । विभिन्न प्रतिवेदनमाथि कुनै छानविन नै भएन् । मानवअधिकारकर्मी एवम अधिवक्ता इन्द्र ढुंगानाका अनुसार तत्कालीन अवस्थामा उच्चस्तरीय छानविन समितिले तयार पारेको ३७ पृष्ठ लामो प्रतिवेदनको कार्यान्वयन नहुँदा समस्या जटिल बनेको छ ।

    समितिले बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापर्वाही र हेलचेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको थियो तर प्रतिवेदन नै कार्यान्वयन नहुनुलाई रहस्यका रुपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत…

    एलपी ग्यासको मूल्य घट्यो

    ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ…

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑