सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनकारी दिएको छ ।
प्रहरी कार्यालय तनहुँका अनुसार पाँच जना सवार जिप दुर्घटनामा पर्दा व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको र चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् । घाईते हुने दुईजनाको अवस्था भने मध्यम नै रहेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा