सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा । सिरहामा लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।
प्रहरीले गोप्य सूचनाको आधारमा विशेष अपरेशन संचालन गर्दै ठूलो मात्रामा खैरो हिरोइन, अवैध नगद तथा मोबाइल बरामद गरेको हो ।
लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट जेठ २ गते साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव (३२) र उनकी बहिनी किरण कुमारी यादव (२६) लाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा दिनेशको साथबाट २२.९० ग्राम खैरो हिरोइन, रु ५१,४५० नगद, र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
त्यसपछि दिनेशको लहान–२२ स्थित घरमा गरिएको खानतलासीमा थप १८६ ग्राम खैरो हिरोइन, रु ५४,१४,२८५ नेपाली रुपैयाँ, रु ३५,७८० भारतीय रुपैयाँ, चार थान मोबाइल र एक थान डिजिटल तराजु फेला परेको थियो ।
त्यसैगरी जेठ ३ गते दिउँसो १ः३० बजे बरियारपट्टी गाउँपालिका–३ चमार टोलबाट चेकिङ्गका क्रममा प्रहरीले भारतको लदनियाबाट आएका दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । कृष्ण कुमार यादव (२०) र निरज राय (१९) को साथबाट ७१० मिलिग्राम खैरो हिरोइन फेला परेको हो ।
उक्त दिन साँझ ३ बजे सिरहा नगरपालिका–२ स्थित महाबिर चोक नजिक भारतको जयनगरबाट आएका सञ्जय कारक (४५) लाई समेत प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको कम्मर र घुँडामा लुकाइ ल्याइएको रु १६,३८,००० नेपाली रुपैयाँ र रु २३० भारतीय रुपैयाँ (ने.रु.३७० बराबर) सहित एक थान मोबाइल फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ती सबै व्यक्तिहरूमाथि लागुऔषध कारोबार र अवैध सम्पत्तिसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले लागुऔषध कारोबारविरुद्ध निगरानी र निगरानी कडा पारिएको जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा