सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री अरुणिमा लम्सालको दोस्रो वैवाहिक सम्बन्ध पनि विच्छेदमा टुंगिएको छ। गत वर्ष भदौ महिनामा नेपाली कांग्रेसका नेता युवराज श्रेष्ठसँग विवाह गरेकी अरुणिमाले विवाहको आठ महिनामै डिभोर्स गरेकी हुन्।
वैशाख महिनामा अमेरिकाबाट नेपाल आएकी अरुणिमाले वारेसमार्फत काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्। उनीहरूबीच वैशाख २८ गते कानुनी रुपमा डिभोर्स सम्पन्न भएको हो।
युवराज श्रेष्ठले टिकटक लाइभमार्फत आफूले डिभोर्स पेपरमा हस्ताक्षर गरेको पुष्टि गरेका छन्। उनले भने, “मैले वैशाख २८ गते दिनको ४:१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ। जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो, छुट्टियो, सक्कियो। बाँकी कुरा म सार्वजनिक गर्न चाहन्न।”
अरुणिमाको आरोप: ‘ढाँटेर विवाह’
अरुणिमाले युवराजमाथि विवाहपूर्व सम्पूर्ण सत्य लुकाएर, ढाँटेर विवाह गरेको आरोप लगाएकी थिइन्। विवाह भएको छ महिनामै उनले वैवाहिक जीवनप्रति असन्तुष्टि जनाउँदै डिभोर्स प्रक्रिया अघि बढाएकी हुन्।
अरुणिमाको यो दोस्रो विवाह थियो। यसअघि उनी अमेरिकामा बसोबास गर्ने एक व्यक्तिसँग विवाह गरेकी थिइन्, जसबाट उनको एक छोरी पनि छ। तर, ती सम्बन्ध पनि केही वर्षअघि टुंगिएको थियो।
युवराज श्रेष्ठ सुनसरीको बराहक्षेत्र नगरपालिका चतराका स्थायी बासिन्दा हुन्। उनी नेपाली कांग्रेससँग आबद्ध राजनीतिक व्यक्तित्व हुन्। पछिल्लो समय उनले विभिन्न सामाजिक मञ्च तथा टिकटक लाइभमार्फत आफूलाई सक्रिय बनाउँदै आएका थिए।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा