सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किदा बाबुछोरी गरि दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिकमा कार र मोटरसाइकल एकआपस ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा गरूडा नगरपालिका–२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी रहेका छन् । चन्द्रपुर नगरपालिका ४ स्थित सो सडकखण्डमा हेटौडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताए ।
दुर्घटनामा परि गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको उनले बताए । बुवा बलिराम सहनीको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूरो हस्पिटल बारामा मृत्यु भएको डिएसपी राईले पुष्टि गरेका छन् ।
उनका अनुसार सवारी साधन र कार चालक जिल्ला मकवानपुर हेटौडा उपमहिनगरपालिका–१२ बस्ने ४३ वर्षीय कुमार पोखरेललाई नियन्त्रणमा लिइएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा