सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६६६ दशमलव ६१ विन्दुमा झरेको छ ।
यसदिन ३२१ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५९ करोड १४ लाखको शेयर किनबेच भयो ।
आज फाइनान्स, उत्पादन, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ ।
यसदिन बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल ९बालाजु०, विन नेपाल लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा