सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजार उच अङ्कले घटेको छ । हिजो आइतबार सार्वजनिक बिदा रहेकोले यो हप्ता आज पहिलो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ३३ अङ्कले घटेर २ हजार ६७० दशमलव ०६ बिन्दुमा झरेको छ ।
यसदिन ३२२ वटा कम्पनिको १ करोड भन्दा बढिको शेयर ५ अर्व ६५ करोडमा किनेबच भयो । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५० करोड ३६ लाखको शेयर किनबेच भयो ।
आज सबै उपसमूहको शेयर घटेर बजार राताम्मे भएकोमा व्यापार उपसमूह ३ प्रतिशत भन्दा धेरै र फाइनान्स उपसमूह दुई प्रतिशतभन्दा धेरै घटेको छ ।
यसदिन अप्पर हेवाखोला हाइड्रोपावरको शेयर नौ प्रतिशत भन्दा धेरै घट्यो । समग्रमा बजार घटे पनि बाराही हाइड्रोपावरको शेयर भने सात प्रतिशत भन्दा धेरैले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा