सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अङ्कले बढेर २ हजार ६ ६३ दशमलव ३० विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन ३०९ वटा कम्पनीका ९७ लाख ७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५१ करोड लाखको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ६ प्रतिशतले उकालो लागेको छ । यस्तै लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज गुराँस लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन कुमारी सबल योजनाको शेयर सबैभन्दा धेरै झन्डै २ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब २० करोडको कारोबार भएकोमा आज
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा