सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरि पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ, भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने छ ।
आज दिउँसो तराईका केही स्थानमा हल्का हुस्सु लागेको पनि जानकारी दिइएको छ । आज राति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा केही बदली हुने देखिए तापनि अधिकांश क्षेत्रमा फेरि मौसम सफा रहनेछ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आज मौसम सफा रहने अनुमान गरिएको छ । महाशाखाले तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा असर पर्नसक्ने चेतावनी दिइएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा