सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले भोलि अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको छ।
जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले लामिछानेलाई उनकी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीको जिम्मा लगाउँदै भोलि बिहान १० बजे अदालत उपस्थित गराउन आदेश दिएको हो।
लामिछाने बिहीबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। अदालतका श्रेस्तेदार दीपक मरासिनीका अनुसार, बयान प्रक्रिया सकिएसँगै अब भोलि थुनछेक बहस सुरु हुनेछ।
रवि लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा पूरक अभियोग दर्ता गरिएको छ। यो प्रकरणले सर्वसाधारणको ध्यान आकृष्ट गरेको छ, र अदालतको निर्णयले घटनाबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा