सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ माघ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिमा कमाएको ८६ करोड ७२ लाख रुपैयाँ नाफाको तुलनामा ६८.२० प्रतिशतले कम हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ८५.०६ प्रतिशतले घटेको छ। यद्यपि, बैंकको खुद फि तथा कमिशन आम्दानीमा सुधार आएको छ।
तर, इम्पेयरमेन्ट चार्जको उल्लेखनीय वृद्धि बैंकको आर्थिक प्रदर्शनमा मुख्य चुनौती बनेको छ। अघिल्लो वर्ष २ अर्ब ७६ करोड ६० लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकको सञ्चालन मुनाफा ५१.६९ प्रतिशतले घटेको छ।
बैंकले आर्थिक चुनौतीहरूमाझ आफ्नो जगेडा कोषलाई बलियो राख्न सफल भए पनि, इम्पेयरमेन्ट चार्जको वृद्धि र सञ्चालन आम्दानीको कमीले नाफामा ठूलो असर पारेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा