सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन् ।
छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी गरे ।
बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उक्त कुरा बताए ।
बुढी गण्डकी सरकारले उच्च महत्व दिएका जल विद्युत आयोजना मध्य एक भएकाले आयोजना सफल हुने उनको भनाइ थियो । नरसिंह धामको संरक्षणको लागि एक अर्व ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना आगाडी सारिएको थियो ।
मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले बिस्तृत अध्ययनपछी मात्र यो विषय टुंगो लगाउने बताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा