सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २ । महालक्ष्मी विकास बैंकले बालबालिकाको भविष्यको वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता सञ्चालनमा ल्याएको छ। यस खातामार्फत ग्राहकहरूले बचतमा मुद्धती सरहको ब्याज प्राप्त गर्ने सुविधा पाउनेछन्।
यस खाता अन्तर्गत, बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक आधारमा निश्चित रकम बचत गर्न सक्नेछन्, जसबाट १ वर्षको व्यक्तिगत मुद्धती जस्तो ब्याजको लाभ लिन सकिन्छ। बैंकले यस खातालाई विशेष गरी बालबालिकाका भविष्यका लागि उपयोगी विकल्पको रूपमा प्रस्तुत गरेको छ, जसले शिक्षा, स्वास्थ्य र अन्य वित्तीय आवश्यकताहरूको पूर्ति गर्न मद्दत पुर्याउने छ।
रु ५०० बाट सुरु गर्न सकिने यस खातामा, अभिभावकहरूले आफ्नो बालबालिकाका लागि एक मुष्ट रकम प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूको दीर्घकालीन विकासमा सहयोग पुर्याउनेछ।
यसैगरी, महालक्ष्मी विकास बैंकले ग्राहकलाई अधिक सुविधा र सुरक्षित बैंकिङ सेवा प्रदान गर्न “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप्लिकेशन पनि सुरु गरेको छ। यस एप्लिकेशनमार्फत ग्राहकले डिजिटल बैंकिङको अत्याधुनिक सेवा सहज र सुरक्षित तरिकामा प्राप्त गर्न सक्नेछन्।
बैंकले बालबालिकाका लागि अत्यन्त लाभकारी र सुरक्षित वित्तीय योजना प्रस्तुत गर्दै ग्राहकहरूको दीर्घकालीन वित्तीय समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा