सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ पौष । साताको तेस्रो दिन शेयर बजार सामान्य बढेको छ । हिजो ४९ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज भने ६ दशमलव १६ अङ्कले बढेर २ हजार ६४६ दशमलव ८४ विन्दुमा पुगेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । यसदिन ३०५ वटा कम्पनीका १ करोड २० लाख कित्ता शेयर ५ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंक १६ करोड ९२ लाखभन्दा बढिको शेयर किनबेच भयो ।
आज बैंक, होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा