सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ ।
राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ ।
कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको विप्रेसण नियमावली २०७९(प्रथम संशोधनसहित)को विनियम १३ को उपनियम ८ बमोजिम सूचना प्रकाशित गरिएको जनाइएको छ ।
राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा